Dark Mode

      Subscribe

सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा एक्स्पो आयोजना, सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माणकाे लक्ष्य

1.6K
SHARES
सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा  एक्स्पो आयोजना, सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माणकाे लक्ष्य

सुन्दरहरैंचा /सुन्दरहरैंचा उद्योग वाणिज्य संघ द्वारा आयोजना गर्न लागिएको “सुन्दरहरैंचा विराट एक्स्पो-४” कृषि तथा औद्योगिक प्रदर्शनीको तयारी तीव्र पारिएको छ। यसैक्रममा, बाणिज्य संघले विभिन्न संघ-संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रमको उद्देश्य उद्योग वाणिज्य संघद्वारा सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण, एक्स्पोको प्रभावकारिता बढाउने, औद्योगिक तथा कृषिक्षेत्र प्रवर्द्धन गर्न स्थानीय निकायहरूको सहयोग सुनिश्चित गर्नु रहेको बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए।

स्थानीय तहका प्रमुख, उद्योगी-व्यवसायी, कृषि तथा औद्योगिक क्षेत्रका सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम गरिसकेको छ ।सहभागी सरोकारवालाहरु एक्स्पोले स्थानीय उत्पादन, व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।



nationalnews7 nationalnews7   
  • February 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP