Dark Mode

      Subscribe

नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित

1.6K
SHARES
नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित

काठमाडाै । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गतको खेलमा नेदरल्यान्डसँग नेपाल १५ रनले पराजित भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अाइतबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनायाे । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । सम्झना खड्काले २३ रन बनाइन् ।

नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २-२ विकेट लिए । इभा लिन्च र इसाबेल वोनिङले १-१ विकेट लिए । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।



nationalnews7 nationalnews7   
  • February 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP