Dark Mode

      Subscribe

तीनकुनेमा राजावादीको समूहले अराजकता देखाएको एमालेको निचोड

1.8K
SHARES
तीनकुनेमा राजावादीको समूहले अराजकता देखाएको एमालेको निचोड

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराजावादीहरूको समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको अराजकताको भर्त्सना गरेको छ ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय रहेको जनाएका छन् । एमालेले लोकतन्त्रका पक्षमा गोलबद्ध हुन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान समेत गरेको छ ।

आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग पनि उसले गरेको छ ।

“सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।”



nationalnews7 nationalnews7   
  • March 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP