Dark Mode

      Subscribe

त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक

26
SHARES
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंक नाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्द बहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन् ।

थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १० जनाको सूची तयार पारिएको हो । अब यी मध्येबाट १ जना उपकुलपति बन्ने छन् ।



nationalnews7 nationalnews7   
  • June 5, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP