Dark Mode

      Subscribe

विभिन्न ठाउँमा केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

1.1K
SHARES
विभिन्न ठाउँमा केहीदिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । मनसुनी वायुको प्रभावले कोशी र बाग्मती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भाग तथा मधेश प्रदेशका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा बेलुका ठूलो पानी पर्नसक्ने सम्भावना छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएकोले अबको केही दिन काठमाण्डौ उपत्यकासहित देशका अरु पहाडी क्षेत्रमा बेलुकापख हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो ।



nationalnews7 nationalnews7   
  • September 17, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP