Dark Mode

      Subscribe

आठ अर्ब ३९ करोडको शेयर कारोबार

1K
SHARES
आठ अर्ब ३९ करोडको शेयर कारोबार

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ११.४९ अंकले घटेर २ हजार ६८८.३१ अंकमा पुगेको छ ।

आज कुल कारोबार रकम आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ कायम भएको छ ।

आज १३ वटा समूहको समूहहरुको शेयर कारोबार कारोबार हुँदा ९ वटा समूहले गुमाएका छन् भने बाँकीले कमाएका छन् । याे मध्ये फाइनान्स समूहको सूचक २१.८५ अंकले बढेर २ हजार ७४४.२४ अंकमा पुग्दा लघुवित्त, उत्पादनमुलक र व्यापार समूहको सूचक बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने आज ४.८३ अंकले घटेर १ हजार ३५४.३० अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक १९.३९ अंकले घटेर तीन हजार ८०४.४३ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक १०० दशमलव १७ अंकले घटेर १३ हजार ६८.६७ अंकमा पुगेको छ भने निर्जीवन बिमा समुहको सुचक पनि ७५.७४ अंकले घटेर १३ हजार ४०.२९ अंकमा पुगेको छ । विकास बैंक, होटेल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

 



nationalnews7 nationalnews7   
  • February 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP