Dark Mode

      Subscribe

३० अंकले बढ्दा चार अर्ब ४८ करोडको शेयर किनबेच

1.1K
SHARES
३० अंकले बढ्दा चार अर्ब ४८ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ५४.६२ अंकले घटेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३०.५२ अंकले बढेर २ ६४५.२० अंकमा चढेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स ४.७६ अंकले बढेर ४४४.०९ अंकमा चढेको छ ।

नेप्सेमा आज ३२६ वटा कम्पनीको ५८ हजार २३५ पटकको कारोबारमा ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार चार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समुहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैक समूहको सूचक १२.३४ अंकले बढेर १३ सय ५०.५९ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक ४३ .१५ अंकले बढेर पाँच हजार पाँच सय ४६.११ अंकमा चढेको छ । फाइनान्स समूहको सूचक ९३.१७ अंकले बढेर २ हजार ५७३ दशमलव ९३ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक ३४.७१ अंकले बढेर तीन हजार चार सय ९२.४० अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा समूहको सुचक पनि दुई सय १५.२१ अंकले बढेर १३ हजार दुई सय ७०.३६ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सूचक पनि ७४.४७ अंकले बढेर १२ हजार दुई सय ३६.७५ अंकमा चढेको छ ।



nationalnews7 nationalnews7   
  • March 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP