Dark Mode

      Subscribe

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका शिक्षाबाट बञ्चित

26
SHARES
अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका शिक्षाबाट बञ्चित

काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव, परिवारको आर्थिक अवस्था तथा सामाजिक दृष्टिकोणका कारण बालबालिकाहरु विद्यालय नै जाने गरेका छैनन । नेत्रहीन युवा संघले आइतबार काठमाडौमा गरेको ‘अपांगता समावेशी पत्रकारिता तथा मिडिया रिपोर्टिङ’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जानकारी दिए अनुसार अपाङ्गता भएका मध्ये १६ दशमलब ५५ प्रतिशत बालबालिकाले कहिल्यै विद्यालय नगएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

संघका प्रोग्राम म्यानेजर प्रेम देवकोटाअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका ३५ प्रतिशत बालबालिकाहरु विद्यालय जादैनन । अपाङ्गता भएका मध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ८४ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् । यसैबीच कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र उनीहरूलाई गर्ने सम्बोधनका विषयमा सञ्चार माध्यमले ध्यान नदिँदा झन् पीडित हुनुपरेको सरोकारवालाले बताएका छन्। समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा अपाङ्गता भएकाहरूको संवेदनशीलतामा पनि ध्यान दिन आग्रह गरेका छन्।

नेत्रहिन युवा संघका अध्यक्ष रामचन्द्र गैरेले अपाङ्गता भएकाहरुका लागि शब्द चयन, मर्यादित भाषा प्रयोग तथा मानव अधिकारको दृष्टिकोण बाट समेत हेरिदिन आग्रह गर्नुभएको छ । उहाँले समावेशीकरणको क्षेत्रमा मिडिया र सञ्चारकर्मीबीच सहकार्यको नयाँ यात्राको सुरुवात भएको भन्दै आगामी दिनमा सञ्चारक्षेत्रसंग निरन्तर सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष शिशिर खनालले समाचार र सूचनामा अपाङ्गताभएकाहरुको सहज पहुचँ पुग्नेगरी समाचार प्रशारणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले अपाङ्गता भएकाहरू देशका विभिन्न सरकारी देखि गैरसरकारी क्षेत्रमा समेत सक्रिय रहेको भन्दै भौतिक संरचना देखि सामाजिक मनोविज्ञान समेत परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घका अध्यक्ष सन्तोष केसीले सञ्चारमाध्यमहरु फरक फरक क्षमता भएकाहरुका लागि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।



nationalnews7 nationalnews7   
  • August 24, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP