Dark Mode

      Subscribe

आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

676
SHARES
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

तनहुँ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा आठ अर्ब ३१ करोड ९१ लाख रूपैयाँ राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।

कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । कार्यालयले चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रूपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।

तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी(व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।

पम्पसहितको पानी ट्याङ्की निर्माण

डिभिजन वन कार्यालयले आगलागीका बेला प्रयोग गर्न तीन लाख ८५ हजार रूपैयाँ लागतमा चार हजार दुई सय लिटर क्षमताको पम्पसहितको पानी ट्याङ्की निर्माण गरेको छ । सुक्खायाममा आगलागीका घटना हुने भएकाले पूर्वतयारीस्वरुप पानी ट्याङ्कीको व्यवस्था गरिएको छ ।



nationalnews7 nationalnews7   
  • March 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP