Dark Mode

      Subscribe

३४ अंकले बढ्दा झण्डै १० अर्बको शेयर किनबेच

442
SHARES
३४ अंकले बढ्दा झण्डै १० अर्बको शेयर किनबेच

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि नेप्से बढेको छ । नेप्से साताको आज पनि ३४ दशमलव ४२ अंकले बढेर २६ सय ९४ दशमलव ८२ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ८९ हजार चार सय ६८ पटकको कारोबारमा तीन करोड एक लाख ८२ हजार तीन सय ४१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ७४ करोड ४८ लाख ४३ हजार तीन सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव ७६ अंकले बढेर १३ सय ९८ दशमलव ३३ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि एक सय २६ दशमलव ९५ अंकले बढेर ५६ सय १३ दशमलव ६१ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि ४६ दशमलव ७१ अंकले बढेर २३ सय ९० दशमलव ८२ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १७ दशमलव १३ अंकले बढेर तीन हजार छ सय २८ दशमलव पाँच अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि तीन सय ६२ दशमलव ६८ अंकले बढेर १३ हजार एक सय ७४ दशमलव ३२ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि तीन सय चार दशमलव ९४ अंकले बढेर १२ हजार चार सय ३६ दशमलव १९ अंकमा पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रीन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्सको ऋणपत्र २०८८ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।



nationalnews7 nationalnews7   
  • July 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP