Dark Mode

      Subscribe

साताको चौंथो कारोबार दिन आज सात अर्ब ३१ करोडको शेयर किनबेच

637
SHARES
साताको चौंथो कारोबार दिन आज सात अर्ब ३१ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार दुई दशमलव ३५ अंकले बढेर २८ सय ३६ दशमलव ३५ अंकमा चढेको छ ।

नेप्सेमा आज ३२० वटा कम्पनीहरुको ९३ हजार एक सय ८५ पटककको कारोबारमा दुई करोड १६ लाख ५७ हजार सात सय छ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सूचक चार दशमलव ७८ अंंकले घटेर १४ सय ८० दशमलव ७४ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक पनि २२ दशमलव ११ अंकले घटेर छ हजार एक दशमलव १९ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • August 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP