Dark Mode

      Subscribe

“कम्युनिस्ट सैद्धान्तिक निष्कर्षहरू पूर्णरूपमा अद्वितीय, अरू कुनै विचारमा आधारित छैनन्”-उपाध्यक्ष पुन

1K
SHARES
“कम्युनिस्ट सैद्धान्तिक निष्कर्षहरू पूर्णरूपमा अद्वितीय, अरू कुनै विचारमा आधारित छैनन्”-उपाध्यक्ष पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा विश्वविद्यालय कमाण्ड प्रमुख सन्दिप पुनले सामाजिक सञ्जालमार्फत आफ्नो वैचारिक धारणा सार्वजनिक गरेका छन्।

पार्टी र संगठनभित्र देखिएका पछिल्ला अन्तरविरोध र गतिविधिलाई इंगित गर्दै पुनले फेसबुकमा लेखेका छन्, “कम्युनिस्टहरूको सैद्धान्तिक निष्कर्षहरू अरू कुनै पनि जगतसुधारकले कल्पना गरेका वा पत्ता लगाएका विचार र सिद्धान्तमा कुनै पनि रूपमा आधारित छैनन्।”

उनको टिप्पणीले संगठनभित्रको वैचारिक दृढता, मार्गदर्शन र नेतृत्वप्रतिको आस्था मात्र प्रतिबिम्बित नगरी, पछिल्ला गतिविधिबारे चलिरहेको बहसलाई पनि थप धार दिन सक्ने देखिन्छ।



nationalnews7 nationalnews7   
  • August 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP