Dark Mode

      Subscribe

कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत

715
SHARES
कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनीत गरेका छन् ।

 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले बुधबार उनीहरूलाई मनोनीत गरेका हुन् ।

 

मनोनीत हुनेमा कैलाश राई- खोटाङ, लालबाबु यादव-धनुषा, मिरा स्याङ्ताङ-मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने-कास्की र हिरा केसी-रुपन्देही छन् ।

 

यस्तै, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल- डडेल्धुरा, रामबहादुर लामा- चितवन, रन्जीत रसाइली- भोजपुर र ओमप्रकाश लिम्बू- ताप्लेजुङ रहेका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • October 2, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP