Dark Mode

      Subscribe

सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

1.1K
SHARES
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले उज्यालोलाई जानकारी दिनुभएको छ । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उहाँको भनाइ छ ।

दशैँको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैँको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी नायब निरीक्षक रविन कार्कीले आग्रह गर्नुभएको छ ।

यसैबीच यातायात व्यवसायीहरूले सर्वसाधारणलाई टिकट छैन भन्दै फर्काएर चर्को मूल्यमा गाडी रिजर्भमा चलाइरहेको गुनासो बढेको छ । टिकट काट्दा सरकारले तोकेकै भाउमा काट्नुपर्ने बाध्यताबाट उम्किनका लागि व्यवसायीहरूले यात्रुलाई चर्को मूल्यमा गाडी रिजर्भ गर्न बाध्य बनाएको पाइएको छ ।

काठमाण्डौमा नयाँ बसपार्कबाट अहिले देशका धेरै ठाउँमा जाने टिकट पाइँदैन । तर व्यवसायी र बिचौलियाले ‘रिजर्भमा जाने हो’ भन्दै यात्रुलाई सोधिरहेको देखिन्छ । कतिपय सर्वसाधारणले दोब्बर महँगो भाडा तिर्दा पनि टिकट नपाएको तर तीन गुणा धेरै भाडा लाग्ने गरी रिजर्भ गर्दा भने गाडी उपलब्ध भएको बताएका छन् ।



nationalnews7 nationalnews7   
  • October 7, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP