Dark Mode

      Subscribe

‘महिला सशक्तिकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती बाँकी नै छन्’ 

780
SHARES
‘महिला सशक्तिकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती बाँकी नै छन्’ 

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धी भएको बताएकी छन् । यद्यपि, चुनौतीह भने बाँकी नै रहेको उनको भनाइ छ ।

 

यूएन वुमनद्वारा सोमबार चीनको राजधानी बेइजिङमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा. राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम भएका बताइन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मलाई लाग्छ नेपालका महिलाले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारको बिजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तिकरण, महिला विरुद्धका हिंसाको उन्मूलनलगायतका १२ वटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो ।’

 

बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै त्यसयता नेपालका महिलाले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकार महिलाले संवैधानिक रूपमै प्राप्त गरेका उनले बताइन् ।



nationalnews7 nationalnews7   
  • November 11, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP