Dark Mode

      Subscribe

चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेयाे

1.1K
SHARES
चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेयाे

काठमाण्डाै सामान्यतया चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेको छ । हिजो एकैदिन देशका ५२ वटा ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।हिजो सिन्धुपाल्चोकमा मात्रै ९ वटा ठाउँको जङ्गलमा डढेलो लाग्यो । यस्तै बझाङमा ७ वटा ठाउँमा डढेलो लागेको छ । आज पनि देशका १० वटाभन्दा धेरै ठाउँमा डढेलो लागिरहेको विभागको डढेलो अनुगमन प्रणालीले देखाएको छ ।

बितेको एक हप्तामा मनाङको तिमाङ जङ्गल, दोलखाको गौरीशङ्कर, सिन्धुपाल्चोकको भोटेकोशी, गोरखाको धार्चे, धादिङको रुबी उपत्यका, जाजरकोटको नलगाड, डोल्पाको जगदुल्ला, बझाङको साइपाललगायतका जङ्गलमा निकै ठूला डढेलोका घटना देखिएका वन तथा भू–संरक्षण विभागअन्तर्गत वन डढेलो नियन्त्रण कक्षका फरेस्टर प्रकाश मल्लले बताउनुभयो ।

यसपालि हिउँदे वर्षा कम भएकोले डढेलोको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँदमा औसत वर्षाको झन्डै १० प्रतिशतमात्रै पानी परेको छ । अझ बितेको २० दिनदेखि त पानी परेकै छैन ।

गएको वर्ष देशभरका जङ्गलमा गरी ५ हजार वटाभन्दा धेरै ठाउँमा डढेलो लागेको थियो । यस वर्ष सुक्खा अझ बढेकोले डढेलोका घटना बढ्नेतर्फ सचेत हुनुपर्ने डढेलोविद् डा. कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार धेरैजसो डढेलोका घटना मानवीय कारण हुने भएकोले डढेलोको जोखिमबारे बुझाएर समस्या कम गर्न सकिन्छ ।



nationalnews7 nationalnews7   
  • February 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP