Dark Mode

      Subscribe

साता महिनामा एक खर्ब २७ अर्बको वस्तु निर्यात

702
SHARES
साता महिनामा एक खर्ब २७ अर्बको वस्तु निर्यात

काठमाडौं । मुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको सात महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६ दशमलव पाँच प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव एक प्रतिशतले कमी आएको थियो ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६ दशमलव नौं प्रतिशत, आठ दशमलव छ प्रतिशत र तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु आयात १० दशमलव एक प्रतिशतले वृद्धि भई नौं खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा दुई दशमलव तीन प्रतिशतले कमी आएकोे थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, ११ दशमलव दुई प्रतिशत र १७ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा छ दशमलव दुई प्रतिशतले वृद्धि भई आठ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा एक दशमलव आठ प्रतिशतले कमी आएकोे थियो ।



nationalnews7 nationalnews7   
  • March 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP