Dark Mode

      Subscribe

दलितलाई उठिबास गराएको आरोपमा औरही गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

897
SHARES
दलितलाई उठिबास गराएको आरोपमा औरही गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै दिपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको हो । उनी दुबैजना सिरहा प्रहरीको नियन्त्रणमा रहेको मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले पुष्टि गरे ।

उनले सोधपुछका लागि बोलाएपछि उनी दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको पनि बताए । उनका अनुसार उजुरी भने अझै परेको छैन् । अगामी चैत १७ गतेदेखि महायज्ञ सुरु हुने भनिएको छ । महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गापा अध्यक्ष यादवले भत्काएका थिए । साथै त्यहाँको माटो समेत अछुत भएको भन्दै दुई फिट माटो समेत हटाएको आरोप पनि लागेको छ ।

दिपकको पक्की घर भत्काएर अहिले उनका लागि एकान्तमा लगेर फुसको घर बनाइदिएको छ । जहाँ न बत्ती छ, न खानेपानीको सुविधा । शोचालय समेत छैन् । अहिले उनको सात जनाको परिवार अन्ध्यारोमै रात विताउन बाध्य छन् ।महायज्ञको नाममा अछुत भन्दै दिपकलाई उठिबास लगाएको समाचार विभिन्न मिडियामा आएपछि संघीय र प्रदेश दुबै संसदमा सांसदहरुले आपत्ति जनाएका थिए । सांसदहरु आरोपीहरुलाई अबिलम्ब पक्राउ गरी अनुसन्धान तथा कारबाही गर्न माग गरेको थियो । दलितमाथि अत्याचार गरिएको घटनालाई सामान्य रुपमा लिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई तानिसकेको छ ।



nationalnews7 nationalnews7   
  • March 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP