Dark Mode

      Subscribe

एकदिन पनि टिकेन नेप्सेको बृद्धि, सात अंकले घट्दा आठ अर्ब ७७ करोडको शेयर किनबेच

533
SHARES
एकदिन पनि टिकेन नेप्सेको बृद्धि, सात अंकले घट्दा आठ अर्ब ७७ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्से सात दशमलव ७५ अंकले घटेर २६ सय ९८ दशमलव २८ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७६ अंकले घटेर चार सय ५५ दशमलव ८१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ७८ हजार छ सय ७८ पटकको कारोबारमा दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सात वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ७४ अंकले घटेर १३ सय ६१ दशमलव २३ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि २६ दशमलव १७ अंकले घटेर २५ सय आठ दशमलव ३० अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि २२ दशमलव १५ अंकले घटेर १३ हजार दुई सय ७७ दशमलव ११ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ६९ अंकले घटेर १२ हजार पाँच सय ४७ दशमलव २३ अंकमा झरेको छ ।

यसैगरी लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः पाँच दशमलव ५३, २३ दशमलव ८८ र ७० दशमलव ४४ अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने २४ दशमलव ६६ अंकले बढेर पाँच हजार छ सय ५६ दशमलव ६१ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ३६ अंकले बढेर तीन हजार पाँच सय ६१ दशमलव २६ अंकमा चढेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः तीन दशमलव ९३, शुन्य दशमलव २०, दुई दशमलव ३५ र शुन्य दशमलव आठ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।



nationalnews7 nationalnews7   
  • April 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP