Dark Mode

      Subscribe

नेपालमा सात हजार युनिट विद्युतीय कार आयात पूरा गर्ने ‘सिप्रदी ट्रेडिङ’ पहिलो कम्पनी

1.3K
SHARES
नेपालमा सात हजार युनिट विद्युतीय कार आयात पूरा गर्ने ‘सिप्रदी ट्रेडिङ’ पहिलो कम्पनी

काठमाण्डौ । सिप्रदी ट्रेडिङ नेपालमा सात हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ । भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले चार वर्षको अवधिमा सात हजार ८१ युनिट विद्युतीय कार आयात गरेको हो ।

कम्पनीले सन् २०२१ मा नेक्सन ईभी ल्याएर विद्युतीय एसयूभी बिक्री थालेको थियो । त्यसपछि कम्पनीले एस ईभी, एक्सप्रेस–टी, टिगोर ईभी, पन्च ईभी हुँदै कर्भ ईभीसम्मका उत्पादन बजारमा ल्याइसकेको छ ।

टाटाले यस दौरान नेक्सन ईभी, एक्सप्रेस–टी (ट्याक्सीको रूपमा), टियागो ह्याचब्याक र पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएर बिक्री गरेको हो । जसमा नेक्सन र टियागोको सफलता लोभलाग्दो देखिन्छ ।

केही महिना अगाडि मात्रै बिक्री शुरू भएको पन्च ईभी पनि बजारमा राम्रो सङ्ख्यामा उपलब्ध मोडल हो । त्यस्तै ईभीकै कारण टाटा नेपाली बजारमा टप ब्राण्ड बन्न सकेको देखिन्छ । सन् २०२३ मा पहिलो भएको कम्पनी २०२४ मा दोस्रो भयो । अहिलेसम्मको आयातमा पनि टाटा पहिलो स्थानमै छ ।



nationalnews7 nationalnews7   
  • March 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP