Dark Mode

      Subscribe

ओली र मोदीको भेटपछि एमाले महासचिव पोखरेल उत्साहित

845
SHARES
ओली र मोदीको भेटपछि एमाले महासचिव पोखरेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि नेकपा एमालेमा महासचिव शंकर पोखरेल उत्साहित देखिएका छन् । दुई देशका प्रधानमन्त्रीको भेटलाई उनले सकारात्मक र उत्साहप्रद भनी प्रतिक्रिया दिएका हुन् । शंकरले यसलाई दृढ र अविचलित हुँदा पनि सम्वन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजवुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो पनि भनेका छन् ।

ओली र मोदीलाई अनुभवी प्रधानमन्त्रीको संज्ञा दिँदै उनले आपसी विश्वास र सहकार्यले क्षेत्रीय शान्ति, विकास र समृद्धिको यात्रा तय हुने विश्वास व्यक्त गरे । ‘नेपाल र भारतका प्रधामन्त्रीबीचको सम्वाद र सम्वादपछिको दुबै देशका प्रधानमन्त्रीहरुको सकारात्मक र उत्साहप्रद प्रतिकृया’, फेसबुकमा शंकरले लेखेका छन्, ’छिमेकीहरु बिचको परस्परको विश्वास,समझदारी, र सहकार्यका माध्यमवाट क्षेत्रिय शान्ति र त्यसका माध्यमवाट आर्थिक समृद्धि अवको वाटो हो भन्ने कुराले नै भविष्यमा एशिया पुनः विश्व सभ्यताको केन्द्र वन्न सफल हुनेछ ।’

भारतीय संस्थापनसँग सम्बन्ध बिग्रिएको भनिएका बेला प्रधानमन्त्री ओलीले आज दिउँसो थाईल्याण्डको राजधानी बैंककमा मोदीसँग आधा घण्टा वान-टु-वान भेटवार्ता गरेका थिए । यो भेटघाटलाई लिएर एमालेपंति उत्साहित देखिएको छ ।



nationalnews7 nationalnews7   
  • April 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP