Dark Mode

      Subscribe

तीन वाणिज्य बैंकले किन घटाए ब्याजदर ? कसले बढायो ?

845
SHARES
तीन वाणिज्य बैंकले किन घटाए ब्याजदर ? कसले बढायो ?

काठमाडौं । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार तीन बैंकले ब्याजदर घटाएका हुन् ।

ब्याजदर घटाउनेमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक छन् । यी बैंकहरुले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतबिन्दुले घटाएका छन् । बैशाखमा एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले बैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०।६१ प्रतिशतबिन्दु बढाएको हो ।

यी बाहेक अन्य १६ वटा वाणिज्य बैंकहरुले भने ब्याजदर यथावत् राखेका छन् । अर्थात, १६ वाणिज्य बैंकहरुले बैशाखमा चैत महिनाकै ्र ब्याजदरलाई निरन्तरता दिएका छन् । औसतमा भने २० वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.००३५ प्रतिशत बिन्दुले बढेको छ ।

त्यस्तै, बैशाखामा संस्थागत मुद्दती निक्षेपको ब्याजदर औषमा ०.०६४ प्रतिशतबिन्दुले घटेको छ । एभरेष्ट बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ ।



nationalnews7 nationalnews7   
  • April 15, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP