Dark Mode

      Subscribe

पछिल्लो समय घरजग्गाको कारोबारमा सुधार

1K
SHARES
पछिल्लो समय घरजग्गाको कारोबारमा सुधार

काठमाण्डौ । पछिल्ला महिनाहरुमा घरजग्गाको कारोबारमा सुधार आएको छ । कारोबारमा सुधार भएसँगै राजस्व सङ्कलन पनि बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि चैतसम्म ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । गएको वर्ष यही अवधिमा घरजग्गाको करोबारबाट ३० अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

गएको वर्षको तुुलनामा तीन अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ । घरजग्गाको कारोबारबाट सेवा कर,रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क लगायत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने गर्छ ।



nationalnews7 nationalnews7   
  • April 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP