Dark Mode

      Subscribe

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति पोखराबीच व्यावसायिक साझेदारी

910
SHARES
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समिति पोखराबीच व्यावसायिक साझेदारी

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारी गर्ने सम्झौता भएको छ। नयाँ वर्षको दिन एक कार्यक्रम गरी भएको सम्झौतामा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन्।

कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यावसायिक कारोबारमा सहजीकरणको उद्देश्यसहित यो साझेदारी भएको बैंकले जनाएको छ।

समितिका अध्यक्ष दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने बताए। त्यस्तै बैंकका प्रमुख प्रदेश अधिकृत रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास गरे।

उक्त सम्झौताले पोखरा महानगरपालिका ९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायीहरुलाई दैनिक कारोबार नगदरहित बनाउने उद्देश्य छ। योसँगै क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउनेछ। यसका साथै व्यवसाय विस्तारका लागि प्रभु बैंकले बैंकको व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ।



nationalnews7 nationalnews7   
  • April 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP