Dark Mode

      Subscribe

सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

1.2K
SHARES
सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आवासीय चिकित्सकहरू र सरकारबीच तीन मुख्य विषयमा सहमति भएपछि चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति जुटेको हो ।

सहमति अनुसार चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने, म्याचिङका चिकित्सकका लागि प्रक्रिया तत्काल शुरु गर्न आयोगलाई निर्देशन दिइने र बिदासम्बन्धी विषयमा कार्यदल बनाएर मन्त्रालयले समाधान गर्नेछ ।

स्वास्थ्यमन्त्री पौडेलले आन्दोलनका मागहरू इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् । केही निजी मेडिकल कलेजहरूले आठौँ तह सरह भत्ता दिन सहमति जनाइसकेको र अधिकांश चिकित्सकहरू काममा फर्किसकेको जानकारी पनि उनले दिए ।

 



nationalnews7 nationalnews7   
  • May 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP