Dark Mode

      Subscribe

पाकिस्तानी जनता भोकमरीको चपेटामा, पाँच वर्षसम्मका २१ लाख बालबालिका कुपोषित

1.3K
SHARES
पाकिस्तानी जनता भोकमरीको चपेटामा, पाँच वर्षसम्मका २१ लाख बालबालिका कुपोषित

इस्लामावाद । पाकिस्तानमा खाद्य असुरक्षा बढ्दोरुपमा रहेको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ । पछिल्लो विवरणअनुसार पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा छन् । नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ, जसमा एक करोड १० लाख मानिसहरूले असुरक्षाको सामना गर्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको यो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा बलुचिस्तान, सिन्ध र खैबर पख्तूनख्वाका बाढी प्रभावित ६८ वटा ग्रामीण जिल्लाहरूमा २२ प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षामा पर्ने उल्लेख छ । प्रतिवेदनले चरम मौसमको असरले नागरिकको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्ने जनाउँदै, अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि अवस्था अझै गम्भीर रहेको जनाएको छ ।

जलवायुजन्य प्रकोप र खाद्य अभावका कारण कुपोषणको अवस्था अझ गम्भीर बन्न सक्ने भन्दै प्रतिवेदनले चेतावनी दिएको छ । छ महिनादेखि पाँच वर्षसम्मका २१ लाख बालबालिकामा कुपोषण देखिएको छ । कमजोर आहार, खाद्य अभाव, चिसो मौसम, महँगो मूल्य, कामको अभाव र बजारसम्म पुग्न नसक्ने अवस्थाका कारण समस्या झनै बढेको छ ।



nationalnews7 nationalnews7   
  • May 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP