Dark Mode

      Subscribe

अनलाइन जुवा खेलाउने १७ जना प्रहरी नियन्त्रणमा

637
SHARES
अनलाइन जुवा खेलाउने १७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । अनलाइन जुवा (सट्टेबाजी) मा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइटको प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँचजना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

नख्खुस्थित सनराइज अपाटएमेन्टको फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेल्नेरखेलाउने गरेको पाइएको एसपी काजीकुमार आचार्यले बताए ।पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो, राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्कबहादुर खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत १२ नेपाली छन्।

बाँकी भारतको बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनलाइन जुवामार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको आचार्यको भनाइ छ । पक्राउ परेकाहरूबाट ल्यापटप १४ थान, सिमकार्ड राखिएका र नराखिएका ६० थान मोबाइल, विभिन्न बैंकको चेकबुक र पासबुक, विभिन्न व्यक्तिहरुको भिसा कार्ड र राहदानी बरामद गरिएको छ ।



nationalnews7 nationalnews7   
  • June 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP