Dark Mode

      Subscribe

नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड

1.1K
SHARES
नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड

काठमाडौ। नेपालको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को ४२ दशमलव ९४ प्रतिशत हो । २०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्ति झन्डै ९० हजार रुपैयाँ हुन आउँछ ।

वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत अर्थात् १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा सरकारले झन्डै ४ खर्ब रुपैयाँ ऋण उठाएको छ । पुरानो ऋणको साँवा ब्याज भुक्तानीमै ३ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ ।

कुल गार्हस्थ्य उत्पादनका आधारमा वैशाख मसान्तसम्ममा कुल ऋण सेवा खर्च ५ दशमलव ०५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सरकारको वार्षिक लक्ष्यानुसार आन्तरिक ऋण उठाउन प्रगति देखिए पनि बाह्य ऋण भने वार्षिक लक्ष्यको तुलनामा कम उठेको छ । आन्तरिक ऋण प्राप्तिको प्रगति ९१ दशमलव २५ प्रतिशत र बाह्य ऋण प्राप्तिको प्रगति ४१ दशमलव ३३ प्रतिशत रहेको छ ।



nationalnews7 nationalnews7   
  • May 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP