Dark Mode

      Subscribe

नेपालीलाई विदेशमा आईटी उद्योग खोल्ने अवसर, कस्तो छ नियम ?

1.1K
SHARES
नेपालीलाई विदेशमा आईटी उद्योग खोल्ने अवसर, कस्तो छ नियम ?

काठमाडौँ । विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि उद्योग ९आइटी०ले विदेशमा लगानी गर्न अधिकतम १० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिर लैजान सक्ने भएका छन् । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने आइटी कम्पनीले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैकले बुधवार नेपाल राष्ट्र बैक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्ने सीमा तोकेको हो ।

“विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्लो तीन आर्थिक वर्षहरूमा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्रासम्म (दुई मध्ये न्यून) हुनेछ,’ संसोधित विनियमावलीमा भनिएको छ ।

सरकारले गत माघमा अध्यादेश मार्फत कानुन संशोधन गरेर नेपाली कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने र सिधै विदेशी कम्पनीमा सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ । यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२्८३ को बजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न बाटो खोलेको थियो ।

केन्द्रिय बैंकले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुन बमोजिम आईटी उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी आईटीसम्बन्धी क्षेत्र्उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । आईटी उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष आईटीसम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

यस्तै उक्त विनियमावलीमा विदेशमा गरेको लगानी सम्बन्धी लेखा परीक्षण भएको वित्तीय विवरण सम्बन्धित देशको आर्थिक वर्ष र नेपालको आर्थिक वर्ष अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र एकाइमा पेस गर्नुपर्ने उल्लेख छ । तर, सम्बन्धित देशको कानुन बमोजिम लेखा परीक्षण गर्नु नपर्ने भए सो प्रमाणित हुने कागजात सहित लेखा परीक्षण नभएको वित्तीय विवरण पेस गर्न बाधा नपुग्ने व्यवस्था गरिएको छ । यस्तै विदेशमा लगानी गरेर आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैंकिङ प्रणाली मार्फत भित्र्याउनुपर्ने नियम छ ।

विनियम बमोजिम सटही सुविधा लिई विदेशमा लगानी गरेकोमा विदेशी विनिमय अपचलन भएको पाइए वा प्रचलित कानुन विपरीत भएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । विनियम बमोजिम विदेशमा लगानी सम्बन्धी तथ्यांक्विवरण विदेशमा लगानी गर्ने संस्थाले राष्ट्र बैंकबाट माग भए बमोजिम पेस गर्नुपर्ने विनियमावलीमा उल्लेख गरिएको छ ।



nationalnews7 nationalnews7   
  • June 19, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP