Dark Mode

      Subscribe

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

429
SHARES
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ३९ पैसा र बिक्रीदर १८८ रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ९० पैसा र बिक्रीदर १७१ रुपियाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २० पैसा र बिक्रीदर ८९ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९७ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २७ पैसा र बिक्रीदर ३२ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४० पैसा र बिक्रीदर १४ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४३ पैसा र बिक्रीदर २१ रुपियाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ २२ पैसा र बिक्रीदर ४४८ रुपियाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ४५ पैसा र बिक्रीदर ३५६ रुपियाँ ०१ पैसा रहेको छ ।



nationalnews7 nationalnews7   
  • June 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP