Dark Mode

      Subscribe

स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

598
SHARES
स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडर नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच एससिटी युपिआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

यही असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका हुन । यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससिटी युपिआई कार्ड लिन सक्ने छन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी युपिआईकार्ड जारी गर्दै आइरहेको छ । एससिटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससिटी युपिआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियन पे, भिसा, रु पे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको एससिटीले नेपालकै पहिलो डोमेसटिक कार्ड स्किम हो । एससिटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यु आर, स्र्माट पे, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।



nationalnews7 nationalnews7   
  • July 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP