Dark Mode

      Subscribe

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

1.1K
SHARES
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

काठमाण्डाै। फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा सार्क देशका सबैको स्थान खस्किएको छ । नयाँ वरीयता अनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय ३३, माल्दिभ्स १ सय ७१औं स्थानमा छन् ।  नेपालभन्दा तल बङ्गलादेश १ सय ८४, भूटान १ सय ८६, श्रीलङ्का १ सय ९६ र पाकिस्तान २ सय १औं स्थानमा छन् । फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।



nationalnews7 nationalnews7   
  • July 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP