Dark Mode

      Subscribe

जेन जी आन्दोलन अपडेटः १५ प्रदर्शनकारीको ज्यान गयो

442
SHARES
जेन जी आन्दोलन अपडेटः १५ प्रदर्शनकारीको ज्यान गयो

काठमाडौं । पछिल्लो समय यो समाचार तयार पारुन्जेलसम्म ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रदर्शनकारीसहित सशस्त्र र नेपाल प्रहरीका थुप्रै कर्मचारी घाइते भएका छन्। उनीहरूको विवरण आउन सकेको छैन ।

घाइतेको अत्यधिक चाप बढेपछि मीनभवनस्थित सिभिल अस्पतालले विभिन्न अस्पतालमा घाइते रिफर गरिरहेको छ । विभिन्न अस्पतालमा निधन भएका घाइतेलाई पनि सिभिल अस्पतालले रिभर गरेर त्यहाँ पठाएको थियो ।

हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन प्रहरी टोलीले विभिन्न अस्पतालमा मुचुल्का उठाउँदै छ ।



nationalnews7 nationalnews7   
  • September 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP