Dark Mode

      Subscribe

जेनजी आन्दोलनको क्षति: हालसम्म निर्जीवन बीमा कम्पनीहरूद्वारा तीन अर्ब ६८ करोड बढी बीमा भुक्तानी

221
SHARES
जेनजी आन्दोलनको क्षति: हालसम्म निर्जीवन बीमा कम्पनीहरूद्वारा  तीन अर्ब ६८ करोड बढी बीमा भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको भौतिक र अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म निर्जीवन बीमा कम्पनीहरूले करिब रु तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार उक्त आन्दोलनका कारण परेका बीमा दाबीको कुल रकम रु २३ अर्ब ४६ करोड ९१ लाख पुगेको छ। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीका भनाइअनुसार बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित विभिन्न बीमा क्षेत्रबाट क्षतिपूर्ति प्रदान गरिरहेका छन्।

उनका अनुसार सम्पत्ति बीमा अन्तर्गतका ६९३ दाबीमध्ये रु १९ अर्ब ४ करोड ९ लाख रकममध्ये करिब रु दुई अर्ब ९२ करोड ८६ लाख,मोटर बीमा अन्तर्गतका २,२९० दाबीमध्ये रु तीन अर्ब ४७ करोड सात लाख रकममध्ये करिब रु ६८ करोड ६१ लाख भुक्तानी भइसकेको छ।

त्यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा २०९ दाबीका लागि रु ५४ करोड ७५ लाख रकममध्ये रु ६ करोड २३ लाख, परिवहन बीमामा १२ दाबीका लागि रु एक करोड ६८ लाख रकममध्ये रु ४७ लाख, र अन्य बीमाका ४२ दाबीका लागि रु ३९ करोड ३० लाख रकममध्ये रु २३ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बीमा दाबी भुक्तानी सहज बनाउन नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई रु दुई अर्ब ४८ करोड १० लाख अग्रिम उपलब्ध गराएको छ। नेपाल पुनःबीमा कम्पनीमा हालसम्म २,८५७ वटा पुनःबीमा दाबी दर्ता भइसकेका छन्, जसको कुल रकम करिब रु १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीका अनुसार बीमा दाबीहरू छिटो र पारदर्शी रूपमा भुक्तानी गर्न प्राधिकरणले बीमा कम्पनी र पुनःबीमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको छ।



nationalnews7 nationalnews7   
  • November 11, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP