Dark Mode

      Subscribe

एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

117
SHARES
एनपिएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा आज कर्णाली याक्स पराजीत भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजसँग कर्णाली याक्स ४ विकेटले पराजीत भएको हो । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनको जितमा रवि बोपराले अर्धशतक प्रहार गरे । रविले ३५ बलमा ५२ रन बनाउदै चितवनलाई जितको बाटो दोहोर्‍याए । दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए । बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।



nationalnews7 nationalnews7   
  • November 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP