Dark Mode

      Subscribe

गगन–विश्व समूहले सहमतिका लागि राख्यो देउवाको राजीनामासहित तीन शर्त

351
SHARES
गगन–विश्व समूहले सहमतिका लागि राख्यो देउवाको राजीनामासहित तीन शर्त

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको विशेष महाधिवेशन पक्षधर समूहले संस्थापन पक्षसँग सहमतिका लागि तीन बुँदे शर्त अघि सारेको छ।

भृकुटीमण्डपमा तीन दिनदेखि जारी विशेष महाधिवेशनका क्रममा मंगलबार बालुवाटारमा सुरु भएको वार्तामा उक्त समूहले शर्तहरू औपचारिक रूपमा प्रस्तुत गरेको हो। केन्द्रीय कार्यसमिति बैठक सानेपामा बिहान ११ बजे बस्ने तय भएपछिकाे सहमतिको प्रयासस्वरूप वार्ता सुरु गरिएको जनाइएको छ।

समूहले अघि सारेका शर्तअनुसार पहिलो, विशेष महाधिवेशनको स्वामित्व संस्थापन पक्षले लिनुपर्नेछ। दोस्रो, विशेष महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूलाई पार्टीको दीर्घकालीन राजनीतिक पूँजीका रूपमा स्वीकार गर्नुपर्नेछ। तेस्रो, पार्टी सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ।

यदि सभापति देउवा राजीनामा दिन तयार नभए सक्रिय राजनीति त्यागेको औपचारिक घोषणा गर्नुपर्ने, त्यो पनि सम्भव नभए आगामी निर्वाचनमा टिकट वितरण प्रक्रियामा सभापतिको हस्ताक्षर नहुने व्यवस्था गर्नुपर्ने अन्तिम विकल्प अघि सारिएको छ।

विशेष महाधिवेशन पक्षका एक शीर्ष नेताले शर्तहरूमा सहमति नजुटे पार्टीभित्र नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिने बताए। उनका अनुसार समूह अब सहमतिको प्रयासभन्दा संरचनागत निकासतर्फ केन्द्रित भएको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व परिवर्तन र संगठन पुनर्संरचनालाई मुख्य एजेन्डा बनाएको छ। संस्थापन र विशेष महाधिवेशन पक्षबीचको वार्ता निर्णायक चरणमा पुगेको नेताहरूको भनाइ छ।



nationalnews7 nationalnews7   
  • January 13, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP