Dark Mode

      Subscribe

यो साता सेयर बजारमा समूहगत उत्तरचढाव देखियो

1.1K
SHARES
यो साता सेयर बजारमा समूहगत उत्तरचढाव देखियो

काठमाडौं । यो साता सेयर बजार २.४२ प्रतिशत अर्थात् ६५ अंक बढेको छ । गत साता २६७८ मा रहेको बजार यो साता २७४३ अंकमा पुगेर बन्द भयो ।

यो साता चार दिन मात्रै कारोबार भयो, चारै दिन बजार बढ्यो । पहिलो दिन आइतबार १९.५६, सोमबार २९.८७, मंगलबार १२.६८ र बिहीबार ३.१४ अंक बढ्यो ।

बजार बढ्दो क्रममा हुँदा कारोबार रकम पनि बढ्ने गरेको देखिन्छ । आइतबार ९ अर्ब ४७ करोड, सोमबार १० अर्ब ४ करोड, मंगलबार १० अर्ब ४३ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ६२ करोडको भयो ।



nationalnews7 nationalnews7   
  • February 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP