Dark Mode

      Subscribe

यात्रु तानातान गरेको आरोपमा ४८ जना पक्राउ

182
SHARES
यात्रु तानातान गरेको आरोपमा ४८ जना पक्राउ

काठमाडौं। यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम थर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेको गुनासोपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।



nationalnews7 nationalnews7   
  • April 2, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP