Dark Mode

      Subscribe

रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन: सभापति लामिछाने

156
SHARES
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको बताउनु भएको छ ।

शुक्रबार सिंहदरबारमा आयोजित रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रदेश खारेजीसम्बन्धी कुनै प्रस्ताव नरहेको स्पष्ट पार्नु भयो ।

लामिछानेका अनुसार रास्वपाले प्रदेश संरचना खारेज गर्ने होइन, त्यसलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ‘रेट्रोफिट’ गर्ने विषयमा बहसको प्रस्ताव अघि सारेको हो। प्रदेश संरचनाको प्रभावकारिताबारे बहस आवश्यक रहेको विषय सबै राजनीतिक दलले महसुस गरिसकेको भन्दै उनले रास्वपाले पनि त्यसैलाई केन्द्रमा राखेर छलफलको प्रस्ताव गरेको बताउनु भयो ।

संविधानका विभिन्न विषयमा समयानुकूल समीक्षा र बहस आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले प्रदेश खारेजीको विषय रास्वपाको आधिकारिक धारणा नभएको बताउनु भयो ।
“संविधानका धेरै विषयमा बहस आवश्यक छ। अन्य दलहरूले पनि यसबारे हामीभन्दा चर्को रूपमा बोलेका छन्। हामीले प्रदेश खारेजी होइन, प्रदेश संरचनालाई रेट्रोफिट गरेर थप प्रभावकारी बनाउनुपर्ने कुरा गरेका हौँ,” उहाँले भन्नुभयो ।

उहाँले रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीय प्रणालीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै संघीय संरचनालाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन आवश्यक सुधारका विषयमा खुला बहस हुनुपर्ने धारणा राख्नु भयो ।



nationalnews7 nationalnews7   
  • July 3, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP