Dark Mode

      Subscribe

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

182
SHARES
बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह यस अघि काठमाडौं महानगरको मेयर भएको कारण काठमाडौंमा गरिब दुःखी बाँच्न नपाउने अवस्था बनेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै शाहीले गणेश नेपालीको आत्मदाह प्रसंगसँग जोडेर अघिल्लो पटक मेयर बनेकै कारणले यो अवस्था सिर्जना भएको बताएका हुन् ।

‘यो गरिब, दुःखी र निमुखा जनताको पनि सहर हो वा होइन रु यदि गरिब, दुःखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो रु नेपालको राजधानी हो भने यो गरिब, दुःखी, सर्वहारा वर्गको र जनताको पनि सहर हो’, उनले भने, ‘आज गरिब, दुःखी जनता यो सहरमा बाँच्न नपाउने भैसके अघिल्लो पटक मेयर भएका कारणले गर्दा यो अवस्था आज सिर्जित बनेको छ ।’

शाही संसदमा सरकार अरबपति र करोडपतिलाई नचाहिने भन्दै सरकार गरिब, निमुखा र अपहेलितलाई चाहिने बताए । अहिलेको सरकारको नीति भने उल्टो भएको उनको भनाइ छ ।



nationalnews7 nationalnews7   
  • July 10, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP