Dark Mode

      Subscribe

चालु आर्थिक वर्षकाे भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

1.1K
SHARES
चालु आर्थिक वर्षकाे भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ .२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।



nationalnews7 nationalnews7   
  • October 15, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP