Dark Mode

      Subscribe

मनोहरा सुकुम्बासी बस्तीमा चलाइयो डोजर

0
SHARES
मनोहरा सुकुम्बासी बस्तीमा चलाइयो डोजर

भक्तपुर। मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्तीमा कारबाही गरेको हो ।

बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्ना छाप्रा तथा बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।

आफ्नो बसोबास खोसिएपछि उनीहरू घरायसी सामानहरू बटुलेर ट्रकमा लोड गर्दै सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र सुरक्षाकर्मीहरू पूर्ण तयारीसहित तैनाथ छन् । डोजरको प्रयोग र सुरक्षा निकायको बाक्लो उपस्थितिका कारण सो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ ।



nationalnews7 nationalnews7   
  • April 26, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP