Dark Mode

      Subscribe

मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको ओलीको टिप्पणी

182
SHARES
मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको ओलीको टिप्पणी

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।

सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरे । उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाए ।

आफूलगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र अन्य नेताहरूलाई विभिन्न समयमा पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने कोसिस भइरहेको उनको भनाइ छ । सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरीत विभिन्न क्षेत्रमाथि अङ्कुश लगाउन खोजेको टिप्पणी उनको छ । सरकारका यस्ता गतिविधिका बाबजुद विचलित नहुन आग्रह गर्दै उनले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।



nationalnews7 nationalnews7   
  • August 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP