Dark Mode

      Subscribe

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

689
SHARES
सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

गण्डकी । साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लागेका छन् । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उहाँ व्यवसायिक ड्रागन खेतीमा लागेका हुन् ।

सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण भएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षौदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गरेका छन् ।

जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका विभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उनले बताए ।

पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा विरुवा गमलामा रोपेको बताउँदै उनले भने, राम्रो उत्पादन दिएपछि आफ्नो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती सुरू गर्ने प्रेरणा श्रोत हो ।

समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहेका कृषक त्रिपाठी बताए ।

उनले भने, २०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो९ड्रागन फु्रटस०फर्म दर्ता गरेर सुरू गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरू गरेको हो ।

यस वर्ष उत्पादन राम्रो भएको छ, आफुले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उनले बताए । उत्पादित फल फर्मबाटै प्रतिकेजी ५०० का दरले बिक्री हुने गरेको छ ।



nationalnews7 nationalnews7   
  • August 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP