Dark Mode

      Subscribe

२८.९१ अंकले बढ्याे नेप्से, सात अर्ब तीन करोड ३० लाखको शेयर किनबेच

520
SHARES
२८.९१ अंकले बढ्याे नेप्से, सात अर्ब तीन करोड ३० लाखको शेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से आज पुन २८ दशमलव ९१ अंकले बढेर २६ सय ६० दशमलव ३९ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३०९ वटा कम्पनीहरुको ७० हजार २१४ पटकको कारोबारमा एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब तीन करोड ३० लाख ५० हजार दुई सय ८६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समहकाे शेयर कारोबार भएकोमा उत्पादनमुलक र व्यापार समूहको सुचक क्रमशः पाँच दशमलव ६२ र २५ दशमलव ५८ अंकले घटेका छन् भने बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ९२ अंकले बढेर १३ सय ७९ दशमलव ५६ अंकमा चढेको छ । बिकास बैंक समूहको सूचक पनि ६५ दशमलव ६६ अंकले बढेर ५४ सय ८६ दशमलव ६६ अंकमा चढेको छ ।

फाइनान्स समूहको सूचक पनि १३ दशमलव शुन्य चार अंकले बढेर २३ सय ४४ दशमलव ११ अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि ४९ दशमलव ४२ अंकले बढेर ३६ सय १० दशमलव ९२ अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि एक सय ४२ दशमलव ७६ अकले बढेर १२ हजार आठ सय ११ दशमलव ६४ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय २६ दशमलव ११ अंकले बढेर १२ हजार एक सय ३१ दशमलव २४ अंकमा चढेको छ ।



nationalnews7 nationalnews7   
  • July 1, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP