Dark Mode

      Subscribe

इङ्ल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

806
SHARES
इङ्ल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

काठमाडौं ।  इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ । ५ खेलको शृंखलामा अस्ट्रेलिया ३-२ ले विजयी भएको हो ।

आइतबार पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलिया डकवर्थ लुइस ९डिएलएस० पद्धतिका आधारमा ४१ रनले विजयी भभएको हो । यसअघि अस्ट्रेलिया ७ विकेट र ६८ रन तथा इङ्ल्यान्ड ४६ र १६८ रनले विजयी भएका थिए ।

 

 

ब्रिस्टोलस्थित काउन्ट्री ग्राउन्डमा इङ्ल्यान्डले प्रस्तुत गरेको ३१० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाएर १६५ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

 

त्यसपछि खेल खेलाउन सम्भव नभएपछि अस्ट्रेलियालाई डिएलएसका आधारमा विजेता घोषणा गरिएको थियो ।



nationalnews7 nationalnews7   
  • September 30, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP