Dark Mode

      Subscribe

अर्जुन ट्रफी क्रिकेट : धनगढीले झापालाई ५ रनले हरायाे

1.4K
SHARES
अर्जुन ट्रफी क्रिकेट : धनगढीले झापालाई ५ रनले हरायाे

काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले बाेस्टन क्रिकेट झापालाई हराएकाे छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएकाे खेलमा धनगढीले झापालाई ५ रनले हरायाे । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको झापाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो । झापाका दिपेश भुजेलले सबैभन्दा धेरै २८ रन बनाए । धनगढीका नारायण जोशी र राहुल भण्डारीले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । धनगढीका लोकेश बलमे ५७ रन बनाए । झापाका पवन कार्की, अभिषेक कार्की र रोशन शाहले २/२ विकेट लिए । यो जीतसँगै धनगढी २ खेलमा २ अङ्कसहित समूह ‘ए’ को दोस्रो स्थानमा छ । झापा तालिकाको पुछारमा छ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।



nationalnews7 nationalnews7   
  • February 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP