Dark Mode

      Subscribe

मंगलबार सेयर बजारका सबै सूचक घटे, बैंकिङ सबैभन्दा धेरै

442
SHARES
मंगलबार सेयर बजारका सबै सूचक घटे, बैंकिङ सबैभन्दा धेरै

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो ।

३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीं सेक्टर उच्च दरले बढेको थियो । राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो ।

त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशत घट्यो । रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर क्रमशः अगाडि रहे ।



nationalnews7 nationalnews7   
  • June 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP