Dark Mode

      Subscribe

रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

481
SHARES
रुबीको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए

रौतहट । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबी साहको हत्या गरेको आरोप लागेका लक्ष्मण पासवान आगोले जलेको अवस्थामा फेला परेका छन्।

माधवनारायण नगरपालिका–६ माधोपुर नजिकै, बगैंचामार्ग हुँदै बिसुनपुरवा–मानपुरतर्फ जाने बाटोमा आज बिहान उनलाई जलेको अवस्थामा प्रहरीले भेटेको हो।

प्रहरीका अनुसार पासवानले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए। बिहान करिब साढे ६ बजे एक व्यक्ति आत्मदाह गर्न लागेको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले उनलाई गम्भीर घाइते अवस्थामा नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित अस्पताल पुर्‍याएको हो।

गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी रुबी साह मृत अवस्थामा सुटकेसभित्र फेला परेकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।



nationalnews7 nationalnews7   
  • August 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP