Dark Mode

      Subscribe

पूर्वाञ्चल विश्वविद्यालयको GPCAR र PUCEF का स्नातक तहका कार्यक्रमका लागि भर्ना खुल्यो

975
SHARES
पूर्वाञ्चल विश्वविद्यालयको GPCAR र PUCEF का स्नातक तहका कार्यक्रमका लागि भर्ना खुल्यो

गोठगाउँ । मोरङको सुन्दरहरैंचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तर्गत जि.पि. कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) र कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री (PUCEF) मा शैक्षिक सत्र २०८२ (२०२५) का लागि स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्ना खुला गरिएको छ।

विश्वबिद्यालयका आंगिक क्याम्पस जि.पी. कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर (GPCAR) मा ४ वर्षे B.Sc. (Hons.) Agriculture र B.Sc. Food Nutrition & Dietetics (B.Sc. FND) कार्यक्रमको लागि र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री (PUCEF) मा B.Sc. Forestry का लागी भर्ना खुला गरिएको हो।

भर्ना आवेदन मिति २०८२\०७\०६ गते आइतवारसम्म सामान्य दस्तुरमा र मिति २०८२\०७\१२ गते बुधवारसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।

प्रवेश परीक्षा मिति २०८२\०७\१५ गते शनिवार बिहान ११:०० बजेदेखि सञ्चालन गरिने विश्वविद्यालयका निर्देशक नवीन भट्टराईले जानकारी दिनु भयाे । विश्वविद्यालयका अनुसार यस शैक्षिक कार्यक्रममा १०% छात्रवृत्ति (५% जेहेन्दार र ५% आरक्षित) को व्यवस्था समेत गरिएको छ।

विस्तृत विवरणका लागि विश्वविद्यालयको वेबसाइट pufost.edu.np अवलोकन गर्न सकिनेछ वा कार्यालय समयभित्र ९८५२०२३४०० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।



nationalnews7 nationalnews7   
  • September 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP